

काठमाडौँ, भदौ ८ गते । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले हिमाली, पहाडी तथा तराईका अधिकांश भू-भागमा बदली र वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार आज दिनभर र राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। साथै, उच्च हिमाली भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाका साथै हिमपातको समेत प्रक्षेपण गरिएको छ।
भारी वर्षाका कारण पहाडी तथा ढलान क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिम रहेको छ। यसले दैनिक जनजीवनका साथै कृषि, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन र मौसम सम्बन्धी अद्यावधिक सूचनामा रहन महाशाखाले सबैमा अनुरोध गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































