

काठमाडौँ, भदौ ८ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्रमा सुधार गर्ने गरी काम गरिरहेको बताउनुभएको छ।
राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीसँगको भेटमा सञ्चारमन्त्री तिमिल्सिनाले विगतमा सरकारी विज्ञापन वितरणमा देखिएका आर्थिक अनियमितता दोहोरिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। उहाँले केही समयअघि जारी राष्ट्रिय विज्ञापन नीतिमार्फत विज्ञापन क्षेत्रलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन नीतिगत सुधारलाई कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो।
भेटका क्रममा संघका पदाधिकारीहरूले कोभिड–१९ महामारीपछिको आर्थिक मन्दीले विज्ञापन व्यवसायमा पारेको प्रभाव, विज्ञापन एजेन्सीहरूले भोगिरहेका समस्या तथा कानुनी र नीतिगत सुधारका विषयमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























