

सप्तरी, भदौ ८ गते । सप्तरीको शम्भुनाथ नगरपालिका–३, ट्राफिक चोकबाट आइतबार बिहान हराएकी दुई वर्षीया बालिका खुसी खातुनको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। स्थानीय मोहम्मद इरफानकी छोरी घरबाटै हराएकी र खोजतलास गर्ने क्रममा घरपछाडिको झाडीमा उनको शव भेटिएको हो।
घटनापछि प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा खोजी गर्दा करिब दुई घण्टाभित्रै बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार व्यक्तिगत रिसइबीका कारण हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ।
प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा एक जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका व्यक्तिको पहिचान र हत्याको वास्तविक कारणबारे थप सोधपुछ तथा अनुसन्धान पश्चात् मात्र सार्वजनिक गरिने प्रहरीले बताएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































