काठमाडौँ, वैशाख १२ गते । गाजा क्षेत्रमा शुक्रबार इजरायली आक्रमणका क्रममा कम्तिमा १० जना प्यालेस्टिनीको मृत्यु भएको छ । जसमा हमासको आन्तरिक सुरक्षा निकायमा आबद्ध ७ जना प्रहरी पनि रहेका छन् ।


प्रत्यक्षदर्शीका अनुसार उत्तरी गाजाको बेइत लाहिया क्षेत्रमा रहेको कमाल अडवान अस्पताल नजिकका आवासीय घरहरूमा इजरायलले गोली प्रहार गरेको थियो । उक्त आक्रमणमा कम्तीमा ३ जना सर्वसाधारणको मृत्यु भएको छ, जसमा बालबालिका पनि परेका छन् भने अन्य केही घाइते भएका छन् ।


त्यसैगरी, दक्षिण गाजाको खान युनिस पश्चिममा पर्ने अल-मवासी क्षेत्रको ‘बिर १९’ क्षेत्रमा प्यालेस्टिनी प्रहरीको सवारीसाधनलाई इजरायली ड्रोनले लक्षित गरी आक्रमण गरेको बताइएको छ । जसमा केही व्यक्तिहरूको मृत्यु भएको छ । केही घाइते भएका छन् । मृतकको यकिन विवरण सार्वजनिक भइसकेको छैन ।


गत अक्टूबरमा इजरायल र हमासबीच युद्धविराम सम्झौैता भएपनि यसको प्रभावकारी कार्यान्वयन भएको छैन । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार युद्धविराम लागू भएयता हालसम्म ७९१ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने २ हजार २३५ जना घाइते भएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































