काठमाडौं, चैत २० गते । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार पाण्डेले ५१४ मत ल्याएर अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्वन्द्वी आङदोर्जी लामाले ४१३ मत पाएका थिए ।
त्यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचिवमा पाण्डे इतर प्यानलका शिवहरी घिमिरे ५२७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरे।
यसैगरी, मंगल शाही नीतिगत उपमहासचिवमा र सन्तोष शाह आन्तरिक उपमहासचिवमा विजयी भएका छन्। कोषाध्यक्षमा उज्ज्वल गौतम र सह–कोषाध्यक्षमा उपेन्द्र घिसिङ निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा गंगा पोखरेल निर्वाचित भएकी छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
