काठमाडौँ, चैत १६ गते । इरानले कुवेतमा रहेको विद्युत र पानी प्रशोधन केन्द्रमा आक्रमण गरेको छ । कुवेतको विद्युत मन्त्रालयका अनुसार आक्रमणमा परेर एक भारतीय नागरिकको मृत्यु भएको छ भने एउटा भवनमा क्षति पुगेको छ ।
आक्रमणलगत्तै घटनास्थलमा प्राविधिक तथा उद्धार टोली पठाइएको मन्त्रालयले जनाएको छ । यस विषयमा इरानले आधिकारीक धारणा सार्वजनिक गरेको छैन । तर सरकारी मिडियाले कुवेती मन्त्रालयलाई उद्धृत गर्दै आक्रमणको विद्युत तथा पानी प्रशोधनमा व्यापक क्षति पुगेको जनाएको जनाएको छ ।
विश्वमा पानीको अति अभाव भएका देशमध्ये कुवेत एक हो । यहाँ समुद्रको प्रशोधन केन्द्रमार्फत समुद्रको पानीबाट नुन हटाएर पिउनयोग्य बनाइन्छ । पानी प्रशोधन केन्द्रमा इरानले गरेको आक्रमणले यहाँ संकट थप बढेको छ ।
अमेरिका–इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गरेयता इरानले पश्चिम एशियाका देशहरुलाई आक्रमण गर्दै आएको छ । त्यसक्रममा कुवेतमा पटक–पटक आक्रमण भएको छ । यसअघि कुवेती हवाई क्षेत्रमा आइतबार राति इरानले १४ वटा क्षेप्यास्त्र र १२ वटा ड्रोन प्रहार गरेको थियो । यस घटनामा १० जना सैनिक घाइते भएका छन् ।
अमेरिका–इजरायलको आक्रमणमा अहिलेसम्म इरानमा २ हजारभन्दा धेरै मानिस मारिइसकेका छन् । यसक्रममा कम्तिमा २ सय १६ बालबालिका मारिएको इरानले जनाएको छ । त्यसैगरी अमेरिकाका १३ सैनिक मारिएका छन् । इजरायलमा कम्तिमा १९ जना मारिएका छन् । त्यसैगरी, लेबनानमा इजरायलको आक्रमणले कम्तिमा १२ सय मारिएका छन् ।
इरानले हर्मुजको जलघाँटी अवरुद्ध गरेको छ । यो क्षेत्र झन्डै २० प्रतिशत तेलको कच्चा पदार्थ र प्राकृतिक ग्याँस बाहिरिने मार्ग हो । शुक्रबारदेखि यमनलाई समर्थन गर्दै हुथी विद्रोही पनि युद्धमा मिसिएको छ ।
हुथीले लाल सागर आसपासको क्षेत्रमा नियन्त्रण जमाएको छ । विश्वको झन्डै ११ प्रतिशत कच्चा तेल बाहिरिने मार्ग पनि प्रभावित हुँदा कच्चा तेलको मुल्य बढेको छ । सोमबार बिहान ब्रेन्ट क्रुडको मुल्य बढेर १ सय १६ प्रति ब्यारेल पुगेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
