कुवेत, फागुन १९ गते । कुवेतभर हवाई आक्रमणको साइरन बजेको छ। कुवेतस्थित अमेरिकी दूतावास नजिकैको क्षेत्रमा धुवाँ उडिरहेको देखिएको बताइएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार धुवाँको कारणबारे तत्काल कुनै स्पष्ट विवरण प्राप्त भएको छैन र अधिकारीहरूले अहिलेसम्म आधिकारिक वक्तव्य जारी गरेका छैनन्।
यसैबिच दूतावासले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा कुवेतमाथि क्षेप्यास्त्र र मानवरहित हवाई सवारी साधन (ड्रोन) आक्रमणको निरन्तर खतरा रहेको चेतावनी दिँदै अमेरिकी नागरिकहरूलाई दूतावास नजिक नजान आग्रह गरेको छ।
दूतावासले कुवेतमा रहेका अमेरिकी नागरिकहरूलाई सुरक्षित स्थानमै रहन, आक्रमणको अवस्थामा सुरक्षा योजना समीक्षा गर्न र सम्भावित भविष्यका आक्रमणका लागि सतर्क रहन पनि सुझाएको छ। विज्ञप्तिमा दूतावासका कर्मचारीहरू पनि सुरक्षित स्थानमै रहेको उल्लेख गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
