08/03/2026, 00:57:11
आइतबार, साउन १७, २०८३

फिरौती रकम माग सहित सलमान खानलाई फेरि ज्यान मार्ने धम्की !


१४ कात्तिक, काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ। धम्की दिने व्यक्तिले करोड रुपैयाँ फिरौती मागेको छ। एक दिनअघि मात्र प्रहरीले समालन र एनसीपी (राष्ट्रवादी कंग्रेस पार्टी) विधानसभा उम्मेदवार जिशान सिद्दीकीलाई मार्ने धम्की दिने व्यक्तिलाई उत्तर प्रदेशको नोएडाबाट पक्राउ गरेको थियो।

इन्डिया टुडेको रिपोर्ट अनुसार अहिले सलमानलाई धम्की दिने व्यक्तिले मुम्बई ट्राफिक प्रहरीलाई सन्देश पठाएको छ। जसमा २ करोड रुपैयाँ फिरौती मागिएको छ। धम्कीको सन्देश पाएपछि मुम्बईको वर्लीमा प्रहरीले उजुरी दर्ता गरी यस विषयमा अनुसन्धान सुरु गरेको छ। हाल कसले धम्की दिएको हो भन्ने खुलेको छैन।