दमास्कस, माघ ४ गते । सिरियामा अमेरिकी सेनाले गरेको कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहसँग प्रत्यक्ष सम्बन्ध भएको अल कायदाका एक नेता मारिएका छन् । उनी सिरियामा तीन अमेरिकीहरूलाई मार्ने गरी हालिएको एम्बुसको लागि जिम्मेवार रहेको बताइएको छ ।
अमेरिकी नागरिक र लडाकुहरूमाथि आक्रमण गर्ने, षड्यन्त्र रच्ने वा प्रेरित गर्नेहरूका लागि कुनै ठाउँ सुरक्षित नभएको र व्यक्तिलाई आफूले जसरी पनि खोज्ने सेन्ट कमका कमान्डर एडम ब्राड कूपरले बताएका छन् । सन् २०२५ को डिसेम्बर १३ मा मध्य सिरियाको पालमिरामा तीन अमेरिकीको मृत्यु भएदेखि अमेरिकाले सिरियामा आईएसका ठेगानाहरूलाई निशाना बनाएर व्यापक आक्रमण गरिरहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
