04/06/2026, 20:09:53
सोमबार, चैत २३, २०८२

एमाले महाधिवेशनको चहलपहल (फोटो फिचर)


काठमाडौं, मङ्सिर २९ : नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा चहलपहल बढेको छ । उम्मेद्वारहरुले आज ३ः३० बजेसम्म फाराम दर्ता गराउने समय निर्धारण गरिएको छ ।

महाधिवेशन निर्वाचनका लागि दुई खेमा बनाएर र स्वतन्त्र रुपमा प्रतिनिधिहरुले उम्मेदवारी दर्ता गराउने क्रम जारी छ । महाधिवेशनको चहलपहल बढेपछि सर्वसाधारण पनि भृकुटीमण्डपमा रमाइलो हेर्न पुग्नेगरेका छन् । देशभरिबाट महाधिवेशनमा आएका प्रतिनिधिहरुले आफ्नो उम्मेदवारी र आफ्नो शुभचिन्तकको उम्मेदवारी पार्ने र जिताउनेबारेमा लबिङ गरिरहेका छन् । उम्मेदवार हुने नेताहरुले प्रतिनिधिहरुसँग भोट माग्न सुरु गर्नुभएको छ ।

– केशब गुरुङ