04/07/2026, 19:24:18
मङ्गलबार, चैत २४, २०८२

आइपीएल २०२५ : रोहित शर्मा र रायन रिकलटनको अर्धशतकको मद्दतले मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाइ पराजित गर्यो


काठमाडौँ, १९ बैसाख: इन्डियन प्रिमियर लिग (आइपिएल) मे १, २०२५ मा भएको खेलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई १०० रनको फराकिलो अन्तरले पराजित गरेको छ । म्यान अफ द म्याच चुनिएका मुम्बईको रायन रिकलटन र रोहित शर्माले क्रमश ६१ र ५३ रन बनाए । रायन रिकलटनले ७ चौका र ३ छक्का प्रहार गरे भने रोहित शर्माले ९ चौका प्रहार गरे त्येस्तै कप्तान हार्दिक पाण्डे र सुर्य कुमार यादवले बराबरी २३/२३ बल खेल्दै ४८/४८ रनको परि खेले ।



पहिलो पारि ब्याटिंग गरेको मुम्बई इण्डियन्सले २० ओभर ब्याटिंग गर्दै २ विकेटको क्षतिमा २१७ रन बनाउदा २१८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सले १६.१ ओभरमा साबि विकेट गुमाउदै ११७ रन मात्र बनाउन सक्यो । अघिल्ल्लो खेलमा गुजरात टाइटन्ससंग १०१को परि खेलेका वैभव सूर्यवंशीले दीपक चाहरले शुन्यमा आउट गराउदा अन्य ब्याट्सम्यानहरुले पनि राम्रो खेल्न सकेनन् , राजस्थानका जोफ़्रा आर्चरले सर्वाधिक ३० रनको पारी खेले । राजस्थानलाइ सस्तोमै समेट्न मुम्बईका जोफ़्रा आर्चर र कर्ण शर्माले ३/३ विकेट लिए भने जसप्रीत बुमराहले २ विकेट र हार्दिक पंड्याले १ विकेट लिए। यो जित संगै मुम्बई इण्डियन्स १४ अंक सहित अंक तालिकाको पहिलो स्थानमा पुग्नुको साथै प्लेअफको लागि बलियो दाबेदारी पेश गरेको छ भने हार संगै राजस्थान रोयल्स प्लेअफ दौडबाट बाहिरिएको छ ।

आजको खेल : #GTVSRH
हालसम्मको अंक तालिका

स्थान टिम खेल जित हार टाई न.न. अंक नेट रन रेट (NRR)
1 मुंबई इन्डियन्स 11 7 4 0 0 14 +1.274
2 रॉयल च्यालेन्जर्स बेंगलुरु 10 7 3 0 0 14 +0.521
3 पञ्जाब किङ्स 10 6 3 0 1 13 +0.199
4 गुजरात टाइटन्स 9 6 3 0 0 12 +0.748
5 दिल्ली क्यापिटल्स 10 6 4 0 0 12 +0.362
6 लखनऊ सुपर जायन्ट्स 10 5 5 0 0 10 -0.325
7 कोलकाता नाइट राइडर्स 10 4 5 0 1 9 +0.271
8 राजस्थान रोयल्स 11 3 8 0 0 6 -0.780
9 सनराइजर्स हैदराबाद 9 3 6 0 0 6 -1.103
10 चेन्नई सुपर किंग्स 10 2 8 0 0 4 -1.211