04/07/2026, 22:10:16
मङ्गलबार, चैत २४, २०८२

आइपीएल २०२५ : १४ बर्षीय वैभव सूर्यवंशीको शतकको मद्दतले राजस्थान रोयल्सले गुजरात टाइटन्सलाइ हरायो


काठमाडौँ, १६ बैसाख: इन्डियन प्रिमियर लिग (आइपिएल) अप्रिल २८, २०२५ मा भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाइ ८ विकेटको जित निकालेका छन् । म्यान अफ द म्याच राजस्थान रोयल्सका वैभव सूर्यवंशीले ३८ बल खेल्दै ७ चौका र ११ छक्का प्रहार गर्दै १०१ रन बनाए, उनले ३५ बलमा शतक प्रहार गरेका हुन, जुन आइपिएल इतिहासको दोश्रो छिटो शतक हो । यस भन्दा पहिले क्रिस गेल ३० बल खेल्दै पुने वारिएर्सबिरुद्ध शतक प्रहार गरेका थिए, उक्त खेलमा उनि एक्लै ले १७५ रनको अविजित पारी खेलेका थिए ।

पहिलो पारि ब्याटिंग गरेको गुजरात टाइटन्सले २० ओभर ब्याटिंग गर्दै ४ विकेटको क्षतिमा २०९ रन बनायो भने २१० रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सले १५.५ ओभरमा २ विकेट गुमाउदै २१२ रन बनाएर जित हासिल गर्यो । गुजरातका साई सुदर्शनले ३० बलमा ३९ रन , शुभमन गिलले ५० बलमा ८४ रन, जॉस बटलरले २६ बलमा ५० रनको योगदान दिदै ठुलो योगफल तयार परेका थिए । राजस्थान रोयल्सका महीश तीक्षणाले ३ विकेट लिए भने जोफ़्रा आर्चर र संदीप शर्माले १/१ विकेट लिए। राजस्थान रोयल्सका ब्याट्सम्यान वैभव सूर्यवंशीले ३८ बलमा १०१ रन, यशस्वी जायसवालले ४० बल खेल्दै ७० रन र रियान पराग १५ बलमा ३२ रनको पारि खेले । राजस्थानका प्रसिद्ध कृष्णा र रासिद खानले १/१ विकट लिए ।

आजको खेल : #DCVKKR
हालसम्मको अंक तालिका

स्थान टिम खेल जित हार टाई न.न. अंक नेट रन रेट (NRR)
1 रॉयल च्यालेन्जर्स बेंगलुरु 10 7 3 0 0 14 +0.521
2 मुंबई इन्डियन्स 10 6 4 0 0 12 +0.889
3 गुजरात टाइटन्स 9 6 3 0 0 12 +0.748
4 दिल्ली क्यापिटल्स 9 6 3 0 0 12 +0.482
5 पञ्जाब किङ्स 9 5 3 0 1 11 +0.177
6 लखनऊ सुपर जायन्ट्स 10 5 5 0 0 10 -0.325
7 कोलकाता नाइट राइडर्स 9 3 5 0 1 7 +0.212
8 राजस्थान रोयल्स 10 3 7 0 0 6 -0.349
9 सनराइजर्स हैदराबाद 9 3 6 0 0 6 -1.103
10 चेन्नई सुपर किंग्स 9 2 7 0 0 4 -1.302