04/07/2026, 21:45:11
मङ्गलबार, चैत २४, २०८२

आइपीएल २०२५ : मुम्बई इण्डियन्स र बेन्ग्लोरको जित


काठमाडौँ, १५ बैसाख: इन्डियन प्रिमियर लिग (आइपिएल) अप्रिल २७, २०२५ मा भएको खेलमा मुम्बई इण्डियन्स र रोयल च्यालेंजरले जित निकालेका छन् । मुम्बई इण्डियन्सले लखनउ सुपर जाइन्ट्समाथि ५४ रनको जित दर्ता गर्यो भने रोयल च्यालेन्जर बेन्ग्लुरुले दिल्ली क्यापिटल्सलाइ ६ विकेटले पराजित गर्यो ।

पहिलो पारि ब्याटिंग गरेको मुम्बई इन्डियन्सले २० ओभर ब्याटिंग गर्दै ७ विकेटको क्षतिमा २१५ रन बनायो भने २१६ रनको लक्ष्य पछ्याउने क्रममा लखनउ सुपर जाइन्ट्सले २० ओभरमा सम्पूर्ण विकेट गुमाउदै १६१ रन मात्र बनाउन सक्यो । मुम्बईका रायन रिकलटनले ३२ बलमा ५८ रन र सुर्यकुमार यादवले २८ बलमा ५४ रनको पारि खेले । लखनउका मयंक यादव र आवेश ख़ानले २/२ विकेट लिए । लखनउबाट आयुष बदोनी र मिचेल मार्शले क्रमशः ३५ र ३४ रनको पारि खेले । लखनउलाइ सस्तोमा समेट्ने क्रममा मुम्बईका जसप्रीत बुमराह र ट्रेंट बोल्टले क्रमशः ४ र ३ विकेट लिए भने म्यान अफ द म्याच मुम्बईका विल जैक्सले २ विकेट लिनुका साथै २९ रनको पारि खेलेका थिए ।

आइतबार नै भएको दोश्रो खेलमा दिल्ली क्यापिटल्सले पहिलो पारी ब्याटिंग गरेको थियो । के एल राहुलको ४१ रनको मद्दतले दिल्ली क्यापिटल्सले २० ओभरमा ८ विकेट गुमाउदै १६२ रन बनाएको थियो । बेग्लुरुका भुवनेश्वर कुमार र जॉश हेज़लवुडले क्रमसः ३ र २ विकेट लिए । सुयश शर्माले कुनै विकेट नलिएपनि ४ ओभर बल्लिंग गर्दै ५.५ रनको इकोनोमीमा २२ रनमात्र दिए । रोयल च्यालेन्जर बेन्ग्लुरुले १६३ रनको लक्ष्य १८.३ ओभरमा ४ विकेट गुमाएर जित हासिल गर्यो । एक समय ६३ रनमा ३ विकेट गुमाएको बेन्ग्लुरुले बिराट कोहली र क्रुणाल पंड्याको जोडीको ११९ रनको साझेदारीले उक्त लक्ष्य भेट्न सहज भयो । बिराट कोहली आउट हुदा १४५ रन बनिसकेको अवस्था थियो र जित्नको लागि बाकी १८ रन चाहियेकोमा क्रुणाल पंड्या र टिम डेविडले पुरा गरे । टिम डेविडले ५ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै १९ रन बनाए । दिल्लीका क्याप्टेन अक्षर पटेलले २ विकेट लिए ।

आजको खेल : #RRVGT
हालसम्मको अंक तालिका

टीमहरू खेल (M) जित (W) हार (L) बराबरी (T) कुनै नतिजा छैन (N/R) अङ्क (PT) नेट रनरेट (NRR)
रॉयल च्यालेन्जर्स बेंगलुरु 10 7 3 0 0 14 0.521
गुजरात टाइटन्स 8 6 2 0 0 12 1.104
मुंबई इन्डियन्स 10 6 4 0 0 12 0.889
दिल्ली क्यापिटल्स 9 6 3 0 0 12 0.482
पञ्जाब किंग्स 9 5 3 0 1 11 0.177
लक्नाउ सुपर जायन्ट्स 10 5 5 0 0 10 -0.325
कोलकाता नाइट राइडर्स 9 3 5 0 1 7 0.212
सनराइजर्स हैदराबाद 9 3 6 0 0 6 -1.103
राजस्थान रोयल्स 9 2 7 0 0 4 -0.625
चेन्नई सुपर किंग्स 8 2 6 0 0 4 -0.580