A man collects pink water lilies from a lake in Hokandara, a suburb of Colombo, Sri Lanka
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटका गमप्रसाद फगामीले प्लास्टिक घरभित्र गर्नुभएको व्यवसायिक गोलभेँडा खेती । पूर्व वडा अध्यक्ष समेत रहेका फगामीले गोलभेँडासहित काँक्रो, करेला, ब्रोकाउली, बन्दालगायत जातका तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ
Click on Photo to Enlarge
संखुवासभाको खाँदबारी नगरपालिका–३ स्थित मानेभन्ज्याङ बजार, उत्तर–दक्षिण कोशी राजमार्ग । मानेभञ्र्याङ उत्तरी क्षेत्रको व्यापारिक केन्द्र हो
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा ठिनी गाउँ नजिकै रहेको हिउँ चितुवा गुफाको आवरण । यहाँ रहेको हिउँ चितुवा गुफाको भित्रीद्वारबाट कैद गरिएको जोससोम बजार र आसपासका पहाड । ठिनी गाउँ वस्ती निर्माण हुनुभन्दा पहिला यहाँको गुफामा हिउँ चितुवाको बाँसस्थान रहेको भनाइ छ
Click on Photo to Enlarge
मनाङ ङिस्याङ गाउँपालिका मनाङ गाउँमा यार्तुङ पर्व (घोडादौड) सुरु । यस पर्वले गाउँमा सुख शान्ति छाउनुको साथै मेलमिलाप र भाइचारा कायम गर्ने विश्वास रहेको छ । गाउँका सबै भेला भइ पाँचदिन सम्म चल्ने यस पर्व मनाङ गाउँबाट सुरु भई पिसाङ, घ्यारु, र खाङसार गाउँमा मनाइन्छ
Click on Photo to Enlarge
तनहुँको व्यास नगरपालिका–११ शेरामा चैते धान काटेर झार्दै कृषक । चैते धान थन्काएर अहिले कृषकहरु वर्षे धान रोप्न व्यस्त छन्
Click on Photo to Enlarge
नारायणगढ–बुटवल सडक अन्तर्गत नवलपुरको दाउन्ने क्षेत्रमा सडक छेउमा टेवा पर्खाल निर्माणको काम गरिँदै । टेवा पर्खाल निर्माणको कामसहित अहिले यस खण्डको विभिन्न स्थानमा कल्भर्ट निर्माणको काम समेत चलिरहेको छ
Click on Photo to Enlarge
पहाडको शिरमा परम्परागत ढुङ्गे घरहरु रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटगाउँ । अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गमा समेटिएको टिकोटको आकर्षण संस्कृति र प्रकृति हो
Click on Photo to Enlarge
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार साँघुरीका शुक्र कुमाल परम्परागत सीपमार्फत माटाका भाँडा बनाउन व्यस्त । पुस्तौँदेखि निरन्तर चल्दै आएको यो सीप आधुनिक भाडाको प्रयोग बढेसँगै अब लोप हुने अवस्थामा पुगेको छ
Click on Photo to Enlarge
अछामको सदरमुकाम मङ्गलसेन बजारको मुख्य सडकमा स्थानीयले रोपाइँ गर्दै । सडक मर्मतमा ध्यान नदिँदा वर्षा याममा कष्टकर यात्रा गर्नुपरेको असन्तुष्टि जनाउँदै स्थानीयले हिलाम्मे सडकमा धान रोपाइँ गरेका हुन्