गुवाहाटी, २०८३ असोज १५ गते (अक्टोबर १, २०२६)। हिजो भएको भारत र वेस्ट इन्डिजबीचको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा ४०५ रन भारतसामु ४०६ रनको लक्ष्य थियो उक्त लक्ष्य भारतले ४३.३ ओभरमा पूरा गर्दै ओडीआई इतिहासकै दोस्रो ठूलो रनको लक्ष्य पुरा गरेको हो। यसअघि दक्षिण अफ्रिकाले सन् २००६ मा अस्ट्रेलियाविरुद्ध ४३५ रनको लक्ष्य सफलतापूर्वक पछ्याएको थियो जुन आजको मितिसम्म कीर्तिमान नै रहेको छ । यो जितसंगै भारतले तिन खेलको सिरिज २-० ले अगाडी बढेको छ ।
हिजो भएको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा कीर्तिमानै कीर्तिमान बन्यो । गुवाहाटीमा भएको खेलमा कुल ८११ रन बन्यो भने दुवै टोलीका गरी पाँच ब्याटरले शतक प्रहार गरे।
गिलको ११७ बलमा दोहोरो शतक
शुभमन गिलले केवल ११७ बलमा दोहोरो शतक पूरा गर्दै ओडीआईको ईहास्मा सबैभन्दा छिटो २०० रन बनाउने ब्याटरको कीर्तिमान बनाए। यसअघि भारतकै इशान किशनले सन् २०२२ मा बंगलादेशविरुद्ध १२६ बलमा दोहोरो शतक बनाएका थिए। गिलले १५० रनसमेत केवल ८९ बलमा पूरा गरे जुन भारतीय ब्याटरले बनाएको सबैभन्दा छिटो १५० रन हो। उनको अविजित २२३ रन ओडीआईमा लक्ष्य पछ्याउने क्रममा कुनै ब्याटरले बनाएको सर्वाधिक व्यक्तिगत स्कोरसमेत बनेको छ।
एउटै खेलमा पाँच शतक
गुवाहाटीको खेलमा जोन क्याम्पबेल, शाई होप, अमिर जाङ्गु, शुभमन गिल र रोहित शर्माले शतक बनाए। ओडीआई इतिहासमा एउटै खेलमा पाँच शतक बनेको यो पहिलो अवसर हो।
८११ रनको खेल
दुवै टोलीले मिलेर बनाएको ८११ रन ओडीआई इतिहासमा एक खेलमा बनेको तेस्रो ठूलो रन योग हो। यसअघि दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच सन् २००६ मा ८७२ तथा भारत र श्रीलंकाबीच सन् २००९ मा ८२५ रन बनेका थिए।
रोहित शर्माले पूरा गरे १२ हजार रन
रोहित शर्माले २८२ इनिङ्समा १२ हजार ओडीआई रन पूरा गरेका छन्। यो उपलब्धि हासिल गर्ने उनी दोस्रो छिटो ब्याटर बनेका छन्। विराट कोहलीले २४२ इनिङ्समा यो उपलब्धि हासिल गरेका थिए। रोहित र गिलबीचको २५५ रनको ओपनिङ साझेदारी भारतको ओडीआई इतिहासमा दोस्रो ठूलो ओपनिङ साझेदारी बनेको छ।
भारतको ४०० रन पनि कीर्तिमान
भारतले ओडीआई क्रिकेटमा ९औँ पटक ४०० भन्दा बढी रन बनाएको छ, जुन कुनै पनि टोलीभन्दा धेरै हो। भारतले केवल २९.१ ओभरमा ३०० रन पूरा गर्दै ओडीआईमा सबैभन्दा छिटो ३०० रन बनाउने टोलीको कीर्तिमानसमेत बनायो। ४०० रन भने भारतले ४३ ओभरमै पूरा गरेको थियो।
वेस्ट इन्डिजको पनि ऐतिहासिक स्कोर
वेस्ट इन्डिजले पहिलोपटक ओडीआईमा ४०० रन पार गरेको हो। टोलीले ४०५ रन बनायो, जुन उसको ओडीआई इतिहासकै सर्वाधिक स्कोर हो। वेस्ट इन्डिजका तीन ब्याटरले शतक बनाए पनि टोली पराजित भयो। ओडीआईमा एउटै इनिङ्समा तीन शतक बनाउने टोलीले खेल हारेको यो पहिलो घटना हो।
आईसीसी वरीयतामा गिल शीर्षमा
ओडीआई ब्याटिङ वरीयतामा शुभमन गिल ८१६ रेटिङसहित शीर्ष स्थानमा छन्। विराट कोहली ७९६ सहित दोस्रो, डेरिल मिचेल ७९४ सहित तेस्रो र रोहित शर्मा ७१९ सहित चौथो स्थानमा छन्।
बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराज तेस्रो तथा भारतका कुलदीप यादव पाँचौँ स्थानमा छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































