काठमाडौँ, असोज ३ गते । भदौ १० गते नुवाकोटमा आएको विनाशकारी बाढीले सर्वसाधारणको ज्यान र घरबास मात्र नभई जीवनभरको कमाइ सुरक्षित राखिएका सहकारीहरूसमेत बगाएको छ।
बाढीका कारण जिल्लाका १४ वटा सहकारी संस्था पूर्ण रूपमा प्रभावित भई ७ हजार ४१२ जना बचतकर्ताको करिब ८५ करोड रुपियाँ बचत जोखिममा परेको छ। जिल्ला सहकारी सङ्घ नुवाकोटका अनुसार सहकारीको भौतिक पूर्वाधार, लगानी र हिसाब-किताबसहित कुल १ अर्ब १० करोड ६० लाख रुपियाँभन्दा बढीको क्षति भएको छ।


विदुर नगरपालिका–१ मा रहेको त्रिशूली बचत तथा ऋण सहकारी संस्थाको आफ्नै भवन, कागजात र कम्प्युटर बग्नुका साथै ५५ जना सदस्य बाढीमा परेर बेपत्ता भएका छन्। सहकारीले घर, गाडी र कृषि क्षेत्रमा गरेको ३४ करोड रुपियाँभन्दा बढीको ऋण लगानी प्रभावित भएको छ।
समग्रमा १४ सहकारीका ३१३ जना सेयर सदस्य बाढीमा परेर बेपत्ता भएका छन् भने ३० करोड रुपियाँ बराबरको ऋण लगानी क्षतिग्रस्त क्षेत्रमा परेको छ।


सञ्चालनका कागजात, कम्प्युटर र अभिलेख नष्ट भएपछि कसले कति बचत गरेको वा ऋण लिएको थियो भन्ने विवरण यकिन गर्न सहकारीहरूलाई कठिन भएको छ। समस्या समाधानका लागि जिल्ला सहकारी सङ्घ नुवाकोटका अध्यक्ष शिव अधिकारीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई प्रतिवेदन बुझाउँदै प्रभावित सहकारीहरूको राहत, पुनरुत्थान र पुनर्निर्माणका लागि तत्काल सहयोग गर्न अपिल गर्नुभएको छ।
नुवाकोटमा बाढीबाट प्रभावित सहकारी र क्षतिको विवरण
| विवरण / सूचक | मुख्य तथ्य तथा क्षति विवरण |
| प्रभावित सहकारी र बचतकर्ता | १४ वटा सहकारी, ७,४१२ बचतकर्ता |
| कुल जोखिममा परेको रकम | रु. १ अर्ब १० करोड ६० लाखभन्दा बढी |
| जोखिममा परेको बचत रकम | रु. ८५ करोड |
| बाढीमा परेका सहकारी सदस्य | ३१३ जना सदस्य बेपत्ता |
| मुख्य प्रभावित सहकारीहरू | • त्रिशूली साकोस (रु. ४६ करोड कारोबार, ५५ सदस्य बेपत्ता) • शुभकामना बहुउद्देश्यीय सहकारी (रु. ११ करोड ९० लाख) • हाम्रो सहकारी (रु. ११ करोड १३ लाख) • दक्षिणकाली साकोस (रु. ६ करोड ९० लाख) • साँघु साकोस (रु. ६ करोड ८६ लाख) |
| सहकारी क्षेत्रको माग | सरकारद्वारा राहत, पुनरुत्थान र पुनर्निर्माणका लागि तत्काल सहयोग। |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































