

काठमाडौँ, भदौ २२ गते । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा आज देशभर राष्ट्रिय शोक मनाइएको छ।
गत भदौ १८ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार बाढीमा परी मृत्युवरण गर्नेहरूप्रति उच्च सम्मान प्रकट गर्दै सरकारले आज शोक दिवस मनाउने निर्णय गरेको हो। बाढी आएको १३ औँ दिनमा सरकारले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोकको घोषणा गरेको थियो।
सोही निर्णयबमोजिम आज देशभरका सरकारी कार्यालयहरूका साथै विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























