08/11/2026, 21:25:38
मङ्गलबार, साउन २६, २०८३

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु


नारायणगढ, साउन २६ गते । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने पश्चिम चितवनको मेघौलीस्थित हरियाली सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश मगरका अनुसार वनमा एक पुरुषको शव भेटिएको र शव नजिकै बाघ रहेकाले हात्ती प्रयोग गरेर धपाउने तथा शव नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

मृतकको आधिकारिक पहिचान हुन बाँकी रहे पनि घाँस काट्न गएका भरतपुर महानगरपालिका-२८, जितपुर निवासी ६१ वर्षीय मगले बोटे सम्पर्कमा नरहेकाले उहाँकै मृत्यु भएको अनुमान गरिएको छ। अहिले हात्तीसहितको प्राविधिक टोली परिचालन गरी बाघको जोखिमबाट मानिसहरूलाई सुरक्षित दूरीमा राख्दै घटनास्थलको पहिचान र सनाखतको काम भइरहेको छ।