

लमजुङ, साउन २३ गते । पहाडी तथा हिमाली क्षेत्रमा वन्यजन्तुको सङ्ख्या वृद्धि भएसँगै मानव र वन्यजन्तुबिचको द्वन्द्व भयावह बन्दै गएको छ। आहाराको खोजीमा जङ्गली जनावरहरू मानव बस्ती र गोठहरूसम्म पुग्न थालेपछि ठुलो मात्रामा पशुचौपाया र बालीनालीको क्षति भइरहेको छ। यसै द्वन्द्वबाट प्रभावित बनेका परिवारहरूलाई मलम लगाउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पछिल्लो तीन वर्षको अवधिमा रु. १ करोड १० लाख ८५ हजार ३९७ राहत रकम वितरण गरेको छ, जसले बढ्दो द्वन्द्वको गम्भीर चित्र उजागर गर्दछ।
राहत तथा क्षतिपूर्ति रकम विवरण
तीन वर्षको कुल राहत/क्षतिपूर्ति: रु १,१०,८५,३९७ (रु १ करोड १० लाख ८५ हजार ३९७)
आ.व. २०८२/८३ को कुल राहत विवरण:
पशुचौपाया क्षतिबापत: रु ६५,४५,००० (हिमचितुवा, चितुवा र ब्वाँसोबाट भएको क्षति)
मकैबाली क्षतिबापत: रु ३,२९,००० (हिमाली कालो भालुबाट भएको क्षति)
घाइते उपचार खर्च: रु २२,००० (कालो भालुको आक्रमणमा घाइते भएका २ जनाको उपचारका लागि)
अघिल्ला वर्षहरूबाट भुक्तानी गरिएको बाँकी रकम:
आ.व. २०८१/८२ को बाँकी दाबी: रु ३०,५३,०००
आ.व. २०८०/८१ को बाँकी क्षतिबापत: रु ११,३५,०००
पशुचौपायामा भएको क्षतिको तथ्याङ्क
आ.व. २०८०/८१: ४५३ वटा पशु मारिएका
आ.व. २०८१/८२: ३५८ वटा पशु मारिएका
आ.व. २०८२/८३: ७०३ वटा पशु मारिएका (सङ्ख्यामा उल्लेखनीय वृद्धि)
विषेश घटना: खोरमा आक्रमण हुँदा एकै पटक ३० वटासम्म र दुई वर्षअघि एकै घटनामा ७७ वटासम्म पशुको मृत्यु भएको।
वन्यजन्तुले खोरमै पसेर एकै पटक ३० वटासम्म पशु मार्ने गरेका घटनाले किसानहरूलाई त्रसित र चिन्तित तुल्याएको छ। यद्यपि, संरक्षण क्षेत्र व्यवस्थापन समिति र स्थानीय तहसँगको समन्वयमा एक्यापले समयमै क्षतिपूर्ति दिलाएपछि स्थानीय किसानहरूमा केही आशा पलाएको छ। समयमै पाइने यस्तो राहतले पीडित किसानको निराशा हटाउन, पशुपालन व्यवसायबाट विस्थापित हुनबाट जोगाउन र वन्यजन्तु संरक्षणप्रतिको सकारात्मक भावना अभिवृद्धि गर्न ठुलो योगदान पुर्याएको स्थानीय बताउँछन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























