08/07/2026, 09:12:38
शुक्रबार, साउन २२, २०८३

मुलुकमा ८ सुरुङमार्ग निर्माणाधीन, २३ वटा अध्ययनको क्रममा : सिद्धबाबा सुरुङ कात्तिकभित्र सञ्चालनमा ल्याइने


काठमाडौँ, साउन २२ गते । नेपाल औपचारिक रूपमा आधुनिक सुरुङमार्गको युगमा प्रवेश गरेको छ। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै देशका अन्य भागमा पनि सुरुङ निर्माणले तीव्रता पाएको छ। हाल सिद्धार्थ राजमार्गको सिद्धबाबा र काठमाडौँ–तराई/मधेश द्रुतमार्ग अन्तर्गतका ७ वटा गरी जम्मा ८ वटा सुरुङमार्ग निर्माणको चरणमा रहेका छन्।

यसै आर्थिक वर्षमा अन्य २३ वटा प्रस्तावित सुरुङमार्गको अध्ययनका लागि सरकारले ६७ करोड एक लाख रुपियाँ बजेट विनियोजन गरेको छ। निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको काम ९२ प्रतिशत सम्पन्न भइसकेको छ र आवश्यक उपकरण जडान गरी आगामी कात्तिकभित्र यसलाई सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

सुरुङमार्गको विस्तारले घुमाउरो तथा जोखिमयुक्त पहाडी बाटोलाई छोट्याएर यात्राको समय र इन्धनको लागत भारी मात्रामा घटाउनेछ। यसले आन्तरिक व्यापार, कृषि उपजको आपूर्ति र पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै मुलुकको समग्र आर्थिक गतिशीलतालाई बढावा दिनेछ।

निर्माणाधीन सुरुङमार्गहरू (८ वटा)

क्र.सं.सुरुङमार्गको नामस्थान / राजमार्ग
सिद्धबाबा सुरुङमार्गसिद्धार्थ राजमार्ग
धेन्द्रे सुरुङमार्गकाठमाडौँ–तराई/मधेश द्रुतमार्ग
लेनडाँडा सुरुङमार्गकाठमाडौँ–तराई/मधेश द्रुतमार्ग
महादेवटार सुरुङमार्गकाठमाडौँ–तराई/मधेश द्रुतमार्ग
चन्द्रामभिर सुरुङमार्गकाठमाडौँ–तराई/मधेश द्रुतमार्ग
देवीचौर सुरुङमार्गकाठमाडौँ–तराई/मधेश द्रुतमार्ग
सिसौटार सुरुङमार्गकाठमाडौँ–तराई/मधेश द्रुतमार्ग
माउरीभिर सुरुङमार्गकाठमाडौँ–तराई/मधेश द्रुतमार्ग

अध्ययनको क्रममा रहेका सुरुङमार्गहरू (२३ वटा)

क्र.सं.सुरुङमार्गको नामसम्बन्धित जिल्ला / क्षेत्र
कुलेखानी–भीमफेदी सुरुङमार्गमकवानपुर
खुर्कोट–सिन्धुली सुरुङमार्गसिन्धुली
लामाबगर सुरुङमार्गदोलखा
धरान–लेउती सुरुङमार्गसुनसरी
खुटिया–बिपी नगर–दिपायल सुरुङमार्गकैलाली र डोटी
गोदावरीकुण्ड–काभ्रे–मनेदोभान सुरुङमार्गललितपुर र काभ्रेपलाञ्चोक
बागलुङ–ब्युँ नरेठाँटी सुरुङमार्गबागलुङ
प्रबास–जोर्ते सुरुङमार्गपाल्पा
पाटन–ब्याउलिढुङ्गा र इमिलचा सुरुङमार्गजाजरकोट र जुम्ला
१०ताथली–रविओपी सुरुङमार्गभक्तपुर र काभ्रेपलाञ्चोक
११बबई–छिन्चु सुरुङमार्गसुर्खेत
१२सुनमाई राजदुबोल सुरुङमार्गइलाम
१३मझिमटार–शक्तिखोर सुरुङमार्गधादिङ र चितवन
१४हेम्जा–नयाँपुल सुरुङमार्गकास्की र पर्वत
१५दुम्कीबास–बर्दघाट सुरुङमार्गनवलपरासी (बर्दघाट सुस्तापूर्व)
१६फुर्सुखोला छोहरे पाटन–गुढीकोला सुरुङमार्गकास्की र स्याङ्जा
१७दोलालघाट–चन्द्रवती सुरुङमार्गकाभ्रेपालाञ्चोक र दोलखा
१८हात्तीसार–बबई सुरुङमार्गसुर्खेत
१९शिवपुर–भालुवाङ सुरुङमार्गदाङ
२०रानीघाट–भुरीगाउँ सुरुङमार्गसुर्खेत र बर्दिया
२१दनुवाताल सुरुङमार्गबर्दिया
२२खुर्कोट–चियाबारी सुरुङमार्गसिन्धुली
२३टोखा–छहरे गुर्जुभञ्ज्याङ सुरुङमार्गकाठमाडौँ र नुवाकोट