

बागलुङ, साउन ११ गते । बागलुङ जिल्लामा डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ। साउन महिनाको सुरुवाती ९ दिनमै ४३ जनामा डेंगु पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
सङ्क्रमण सबैभन्दा बढी बागलुङ नगरपालिका क्षेत्रमा देखिएको छ, जहाँका ४० जनामा डेंगु पुष्टि भएको छ। सङ्क्रमण तीव्र बनेपछि बागलुङ नगरपालिका–३ गुठी क्षेत्रमा जनस्वास्थ्य कार्यालयले ‘खोज र नष्ट गर’ (Search and Destroy) अभियान सञ्चालन गरेको छ। यसबाहेक गलकोटमा दुई र ढोरपाटन नगरपालिकामा एक जना सङ्क्रमित भेटिएका छन्।
धौलागिरी प्रादेशिक अस्पताल, बुर्तिवाङ अस्पताल र गलकोट नगर अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ। सामान्य बिरामीलाई औषधि दिएर घर पठाइएको छ भने जटिल समस्या भएकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ।
चिकित्सकहरूका अनुसार डेंगुको कुनै खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय हो। घर वरपर पानी जम्न नदिने, पानीका भाँडा ढाकेर राख्ने र पूरा शरीर ढाकिने कपडा लगाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। अत्यधिक ज्वरो आउने, जोर्नी दुख्ने र शरीरमा बिबिरा देखिने जस्ता लक्षण आएमा तुरुन्त परीक्षण गराउन चिकित्सकको सुझाव छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























