

तनहुँ, साउन ९ गते । मुग्लिन–पोखरा सडक खण्डमा तीव्र गति, चालकको थकान र वर्षाका कारण सडक चिप्लो हुँदा सवारी दुर्घटना बढेपछि प्रहरीले निगरानी तीव्र पारेको छ ।
विशेष गरी बिहानपख चालक निदाउने र तीव्र गतिमा सवारी चलाउने समस्या न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय तनहुँ र ट्राफिक प्रहरी टोली बिहान ४ बजेदेखि नै सडकमा खटिन थालेको छ। अभियान अन्तर्गत प्रहरीले शुक्रबार बिहान ४ देखि ७ बजेसम्म ११७ वटा सवारीसाधन रोकेर चालकहरूलाई सडकको अवस्था, मौसम र लेन अनुशासनबारे सचेतना तथा परामर्श दिएको छ।
निर्माणाधीन सडक खण्डमा सामान्य असावधानीले पनि ठुलो क्षति हुने भएकाले सडकको अवस्था हेरेर मात्र गति निर्धारण गर्न र वर्षात्को समयमा विशेष सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























