07/25/2026, 13:01:24
शनिबार, साउन ०९, २०८३

बुद्ध एयरद्वारा नयाँ ‘एटीआर–७२–६००’ विमान भित्र्याइयो


काठमाडौँ, साउन ९ गते । बुद्ध एयरले शनिबार नयाँ एटीआर–७२–६०० सिरिजको विमान (कल साइन: ९ एन–एओएस) नेपाल ल्याएको छ। फ्रान्सको तुलुसबाट ल्याइएको यो विमान आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी आगामी महिनादेखि उडानमा ल्याइने कम्पनीले जानकारी दिएको छ।

प्रमुख विशेषताहरू र प्रविधि

आधुनिक एभियोनिक्स: पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, र डिजिटल फ्लाइट म्यानेजमेन्ट।
वातावरण मैत्री: कम इन्धन खपत गर्ने प्रविधि भएकाले यो विमान वातावरण मैत्री मानिन्छ।

आरएनपी–एआर प्रणाली (RNP-AR):
– यस प्रणालीको मद्दतले काठमाडौँ र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटी मा पनि सुरक्षित अवतरण गर्न सकिनेछ।
– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले यो प्रक्रिया अध्ययन गरिरहेको छ। कार्यान्वयन पछि पोखरामा करिब २००० मिटर भिजिबिलिटी मा उडान-अवतरण सम्भव हुनेछ।

हालको भिजिबिलिटी र तुलना

हालको आइएलएस (ILS) प्रणालीअनुसार आवश्यक भिजिबिलिटी:
पोखरा: ३१०० मिटर
काठमाडौँ र भैरहवा: १६०० मिटर

अपेक्षित प्रभाव: कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र रद्द हुने समस्या घट्नेछ भने उडान सुरक्षा र सेवाको विश्वसनीयता बढ्नेछ।

भावी योजना र बुद्ध एयरको हालको फ्लिट (विमान संख्या)

आगामी योजना:
अगष्टको अन्तिमसम्म थप १ वटा एटीआर–७२–६०० विमान ल्याइने।
आगामी केही महिनाभित्र यस्तै सिरिजका थप २ वटा विमान भित्र्याउने लक्ष्य।

हाल उपलब्ध विमानहरू (कुल १७ वटा):
ATR 42-320: १ वटा
ATR 72-500: १५ वटा
ATR 72-600: १ वटा