

काठमाडौँ, साउन ८ गते । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्मका स्वीकृत दाबीबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २९ अर्ब ८७ करोड २५ लाख ९१ हजार ७६७ रुपैयाँ भुक्तानी गरेको छ। बोर्डले सार्वजनिक गरेको विज्ञप्ति अनुसार यो भुक्तानी आर्थिक वर्ष २०८१/८२ को फस्यौट (सावाँ) र चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्मको स्वीकृत दाबी अन्तर्गत गरिएको हो।
बोर्डका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को असोज, कात्तिक र मंसिर महिनासम्मको स्वीकृत दाबीको भुक्तानी यसअघि नै गरिसकिएको थियो। सोही आर्थिक वर्षको बाँकी दाबी रुजु गरी स्वीकृत भएको रकम रु. १८ अर्ब ६४ करोड ९१ लाख ३३ हजार १४१, ९६ (अंकमा) मध्ये गत वर्ष नै दिइएको पेश्की कट्टा गरी सम्बन्धित संस्थालाई भुक्तानी सम्पन्न गरिएको जनाइएको छ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्मको कुल दाबी रु. २५ अर्ब ११ करोड ६७ लाख ७० हजार २९, २७६ (अंकमा) मध्ये पुस महिनाको स्वीकृत दाबी रु. २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ रुपैयाँ भुक्तानी गरिएको छ। साथै, बोर्डको मिति २०८१/१२/१९ गतेको बैठकको निर्णयअनुसार भुक्तानी रकमको २ प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गर्न कट्टा गरी बाँकी रकम सेवा प्रदायकको बैंक खातामा जम्मा गरिएको बोर्डले स्पष्ट पारेको छ।
बोर्डले अर्थ मन्त्रालयबाट मिति २०८३/०३/२३ र २५ गते निकासा प्राप्त भएको रु. ७६ अर्ब ४७ करोड ३६ लाख रुपैयाँ कोषबाट यो भुक्तानी गरिएको र हिसाब मिलानसमेत गरी कुल रु. २९,८७,२५,९१,७६,५७ भुक्तानी भएको व्यहोरा सम्बन्धित सबै सेवा प्रदायक संस्थाहरूको जानकारीको लागि अनुरोध गरेको छ।
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानी नियमित, पारदर्शी र चरणबद्ध रूपमा अगाडि बढाइरहेको जनाएको छ। यस भुक्तानीसँगै चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्मका स्वीकृत दाबीको भुक्तानी सम्पन्न भएको बोर्डको भनाइ छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























