08/08/2026, 09:23:43
शनिबार, साउन २३, २०८३

उपत्यकामा शुक्रबार ६१ हजार ग्यास सिलिन्डर वितरण


काठमाडौँ, साउन २३ गते । नेपाल आयल निगमले उपत्यकामा शुक्रबार मात्रै ६१ हजार ग्यास सिलिन्डर वितरण गरेको छ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि विभिन्न २३ उद्योगका ६१ हजार ४९ सिलिन्डर वितरण गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार शुक्रबार नेपाल ग्यास पाँच हजार सिलिन्डर, बाबा ग्यास दुई हजार २४० सिलिन्डर, चन्डेश्वरी ग्यास एक हजार ५८०, एभरेस्ट ग्यास दुई हजार ४०१, हिमाल ग्यास दुई हजार ४३५ सिलिन्डर वितरण गरिएको छ । यस्तै जनक ग्यास चार हजार ४५६, श्रीमाया ग्यास दुई हजार १९२, कोशी ग्यास १० हजार ७८०, लुम्बिनी ग्यास दुई हजार ४० वितरण गरिएको छ ।

यसबाहेक ओम ग्यास एक हजार ८१०, साईबाबा एक हजार ८३४, एसटिसी एक हजार २६०, श्री ग्यास दुई हजार ६९७, श्रीराम दुई हजार ८४५, सिद्धार्थ एक हजार ७७७, सीताश्री दुई हजार ५९२, सुगम एक हजार ६२९ वटा सिलिन्डर वितरण भएको निगमले जानकारी दिएको छ ।

ग्यासको आयात बढाएर अभाव क्रमशः कम हुँदै जाने निगमले जनाएको छ । ग्यासको आयात नियमित भइरहे पनि माग बढ्दा अभाव भएको निगमले जनाएको छ । असार ३१ गतेदेखि पूर्ण तौल (१४.२ केजी) को सिलिन्डर बजारमा वितरण गरेसँगै माग बढेकाले अभाव देखिएको छ । ग्यासको आयात दैनिक दुई हजार मेट्रिक टनका दरले आयात भइरहेकाले अभाव क्रमश कम हुँदै जाने निगमले जनाएको छ ।