08/02/2026, 17:05:47
आइतबार, साउन १७, २०८३

तनहुँमा एलपी ग्यास डिलरको अनुगमन, कृत्रिम अभाव गर्नेलाई कारबाही चेतावनी

उद्योगबाट आपूर्ति भइरहेको ग्यास अनावश्यक रूपमा मौज्दात राख्ने, वितरणमा विभेद गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने कार्य भेटिए प्रचलित कानुनबमोजिम कारबाही गरिने


तनहुँ, साउन १७ गते। बजारमा एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ।

अनुगमनका क्रममा उद्योगबाट नियमित आपूर्ति भइरहेको पाइए पनि वितरणमा थप पारदर्शिता आवश्यक देखिएको प्रशासनले जनाएको छ। डिलरहरूलाई ग्यासको मौज्दात र वितरणको स्पष्ट अभिलेख राख्न तथा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन निर्देशन दिइएको छ।

प्रशासनले कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक मौज्दात राख्ने वा वितरणमा विभेद गर्ने पाइए कानुन अनुसार कारबाही गरिने चेतावनी दिएको छ।