

धनगढी, साउन २३ गते । प्रदेश सरकार अल्पमतमा परेसँगै सुदूरपश्चिम प्रदेश सभाको सम्पूर्ण गतिविधि ठप्प बनेको छ। जनताका समस्या र नीति निर्माणमाथि छलफल हुनुपर्ने सदन यतिबेला पूर्ण रूपमा सुनसान छ। सरकारबाट औपचारिक जानकारी नआएकाले प्रदेश सभा बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठक कहिले बस्ने भन्ने विषय अनिश्चित बनेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभएको छ।
चालु आर्थिक वर्षको बजेट पारित गर्ने विषयमा विवाद बढेपछि मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता साझेदार नेकपा (एमाले) का चार मन्त्रीलाई पदबाट बर्खास्त गर्नुभएको थियो। त्यसलगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो। संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शाहले साउन २८ गतेभित्र विश्वासको मत लिनुपर्ने भए पनि बहुमत नपुग्ने स्थिति रहेकाले उहाँले पदबाट राजीनामा दिन सक्ने बलियो सम्भावना रहेको छ।
अर्कोतर्फ, नेपाली कांग्रेस र एमालेबिचको सहकार्य टुटेपछि नेकपा र एमालेबिच नयाँ सरकार गठनका लागि तीनबुँदे सहमति भइसकेको छ। नयाँ सहमति अनुसार यस प्रदेशमा सरकारको नेतृत्व नेकपाले गर्ने र बाँकी मन्त्रालयहरू भागबन्डा गरेर अगाडि बढ्ने तयारी दुवै दलले गरेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























