काठमाडौँ, साउन २२ गते । चलचित्र ‘झिँगेदाउ–२’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा दुई दाजुभाइ आफ्नो आमाको खोजीमा भौँतारिएको देखाइएको छ ।
पहिलो भागमा झैँ यसमा पनि देउरानी–जेठानीबिचको द्वन्द्व र पारिवारिक तिक्ततालाई स्थान दिइएको छ । ज्ञानेन्द्र देउजा निर्देशित टिजरमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम लगायत कलाकारको शीर्ष अभिनय देख्न सकिन्छ ।


चलचित्रमा सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, सङ्गम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल लगायत कलाकारको समेत अभिनय छ । मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा विशेष भूमिकामा रहनुभएको छ । कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रु नेपाल प्रा.लि.को प्रस्तुति रहेको चलचित्रको निर्मातामा सुलभ प्रतीक देउजा र समीक्षा देउजा हुनुहुन्छ ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































