

काठमाडौँ, साउन २१ गते । गृहमन्त्री सुधन गुरुङले देशमा शान्तिसुरक्षा र अमनचयन कायम राख्न सरकार तथा गृह मन्त्रालय पूर्ण प्रतिबद्धताका साथ निरन्तर क्रियाशील रहेको बताउनुभएको छ।
राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले अनुसन्धानका क्रममा रहेका संवेदनशील विषयहरूमा सार्वजनिक रूपमा बारम्बार टिप्पणी नगर्न आग्रह गर्नुभयो। निर्मला पन्त प्रकरण जस्ता छानबिन भइरहेका मुद्दामा सूक्ष्म रूपमा अनुसन्धान भइरहेकाले यस्ता विषयमा थप टिप्पणी गर्न उपयुक्त नहुने उहाँको भनाइ थियो।
यसैबिच, गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सांसद विष्णुबहादुर विश्वकर्माले आपत्ति जनाउनुभएको छ। उहाँले मन्त्रीको भनाइबाट सांसदहरूको विधायकीय अधिकार र प्रश्न सोध्ने संसदीय अभ्यासको स्वाभाविक प्रक्रियामा हनन भएको महसुस भएको बताउनुभयो।
फरक प्रसङ्गमा गृहमन्त्री गुरुङले देशमा मानसिक स्वास्थ्य समस्या समाधान र आत्महत्या रोकथामका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय गरेर योजना बनाइरहेको जानकारी दिनुभयो। यसका लागि सरकारले ११६६ हेल्पलाइनमार्फत निरन्तर प्रयास गरिरहेको उहाँले उल्लेख गर्नुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























