08/04/2026, 07:43:58
मङ्गलबार, साउन १९, २०८३

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची


काठमाडौँ, साउन १९ गते । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज मङ्गलबार अपराह्न १ बजे बस्दैछ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका तर्फबाट ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१/८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। साथै, नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले प्रस्तुत गर्नुभएको वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान, स्थायी पुनःस्थापना र लालपूर्जा वितरणसम्बन्धी ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ माथि पनि छलफल हुनेछ।

यसैगरी, आजै व्यवस्थापिका संसद् अन्तर्गतका अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग-वाणिज्य, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति गरी ५ वटा विषयगत समितिका बैठकहरू पनि बस्दैछन्।