08/06/2026, 09:04:27
बिहिबार, साउन २१, २०८३

राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची


काठमाडौँ, साउन २१ गते । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक बिहीबार बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्सपङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने छ । राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभासमक्ष पेस गर्नुहुनेछ ।