

काठमाडौँ, साउन १७ गते । नेपाली कांग्रेसभित्र बढेको आन्तरिक विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन ‘देश र कांग्रेस जोड्ने अभियान’ले यही साउन २० गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अभियानका नेताहरूले लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेस बलियो हुनुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा राष्ट्रियसभा सदस्य रञ्जित कर्णले पार्टी सभापति गगनकुमार थापा र नेता डा. शशाङ्क कोइरालालाई पार्टी एकताका लागि नेतृत्व लिन आग्रह गर्नुभयो।
पूर्व केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार भेलाका लागि अहिलेसम्म १,३५९ जना प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्। पार्टीभित्रको मतभेद अन्त्य गरी देश र कांग्रेसलाई जोड्ने उद्देश्यले यो अभियान सुरु गरिएको अभियान्ताहरूले बताएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























