काठमाडौँ, साउन २१ गते । काठमाडौँ उपत्यकासहित देशभर खाना पकाउने एलपी ग्यासको अभाव देखिँदा सर्वसाधारण उपभोक्ता सास्ती भोग्न बाध्य भएका छन्। ग्यास बिक्री केन्द्रहरूमा बिहानैदेखि सिलिन्डर बोकेर लाइन बस्दासमेत रित्तै फर्किनुपर्ने बाध्यता छ। बजारमा ग्यासको माग अनुसार आपूर्ति हुन नसक्दा उपभोक्तामा अन्योल र निराशा बढेको छ।
नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले उपभोक्ताको अस्वाभाविक माग र भारतीय आयल कर्पोरेसन (IOC) बाट माग अनुसार थप ग्यास उपलब्ध नहुँदा आपूर्तिमा समस्या आएको स्वीकार गर्नुभएको छ। यद्यपि, निगमले आगामी दुई हप्ताभित्र बजारमा ग्यासको समस्या समाधान भई दसैँ-तिहारअघि आपूर्ति पूर्ण रूपमा सामान्य हुने आश्वासन दिएको छ।


ग्यास आपूर्तिलाई सहज र व्यवस्थित बनाउन उद्योग मन्त्रालय, आयल निगम र ग्यास व्यवसायीको संयुक्त सहभागितामा ५ सदस्यीय ‘क्विक रेस्पोन्स टिम’ गठन गरिएको छ। यस टिमले हटलाइनमार्फत प्राप्त गुनासोका आधारमा तत्काल समन्वय गरी जुनसुकै स्थानमा देखिएको अभाव हटाउन काम सुरु गरिसकेको छ।


यसैबिच, राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई कडा निर्देशन दिएको छ। वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले पनि बढी मूल्य लिने र कालोबजारी गर्नेहरूमाथि अनुगमन तीव्र बनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































