ढाका, साउन २१ गते । बङ्गलादेशले बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको बुधबार नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष कुराकानी गरेको विषयमा आक्रोश व्यक्त गरेको छ । हसिनालाई बङ्गलादेशको राष्ट्रियता र यहाँका जनता विरुद्ध सामुहिक अपराध गरेको आरोप लगाइएको छ ।
बुधबार जारी गरिएको एक प्रेस वक्तव्यमा बङ्गलादेशको विदेश मन्त्रालयले फरार दोषी नरसंहारकर्ता शेख हसिनालाई नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष कुराकानी गर्ने अनुमति दिइएकोमा बङ्गलादेश आक्रोशित भएको जनाएको छ । विज्ञप्तिमा बङ्गलादेशले द्विपक्षीय सम्बन्धमा यस घटनाको सम्भावित प्रभावको बारेमा विचार नगरी भारत सरकारले हसिनालाई सार्वजनिक कार्यक्रममा बोल्ने अवसरसहित सार्वजनिक कार्यक्रम आयोजना गर्न अनुमति दिइएकोमा गहिरो खेद व्यक्त गरिएको छ ।
विदेश मन्त्रालयले बङ्गलादेशका जनताले जुलाई क्रान्तिको दोस्रो वार्षिकोत्सव मनाउँदै गर्दा भारतीय भूमिमा शेख हसिनाको यो अन्तरक्रिया बङ्गलादेशको सार्वभौमसत्ताको अपमान र जुलाई क्रान्तिका शहीदको घोर अपमान भएको पनि बताएको छ । हसिनाको शासनद्वारा सन् २०२४ को जुलाई-अगस्टमा नाबालिकासहित निर्दोष नागरिकको विभत्स हत्यासहित संयुक्त राष्ट्रसङ्घद्वारा स्थापित तथ्यको अस्वीकार, फरार दोषी सामूहिक हत्याराको आपराधिक समूहको ताजगीकरणले इतिहासलाई उल्टाउने प्रयासलाई कमजोर बनाउने बताइएको छ ।
बङ्गलादेशका जनताले विगतमा यस्ता घृणित प्रयासलाई अस्वीकार गरिसकेको र अहिले पनि गरिरहेको मन्त्रालयले जनाएको छ । जुलाई क्रान्तिको आदर्शलाई पुष्टि गर्दै मन्त्रालयले बङ्गलादेशका जनताले आफ्नो राष्ट्र फेरि कहिल्यै फासीवादको कालो दिनमा नफर्कने दृढ सङ्कल्प गरेको बताएको छ । मन्त्रालयले दोषी ठहर हुनुभएकी ‘सामूहिक हत्यारा’ हसिना र उहाँको सहयोगी समूहलाई बङ्गलादेशको राजनीतिमा कहिल्यै स्थान नहुने जनाएको छ ।
विज्ञप्तिमा बङ्गलादेश भारतसँग सार्वभौम समानता, आपसी सम्मान, एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र राष्ट्रिय मर्यादाको आधारमा रचनात्मक, पारस्परिक रूपमा फाइदाजनक र अग्रगामी सम्बन्ध कायम राख्न चाहेको उल्लेख गरिएको छ । यद्यपि सन् २०१३ मा बङ्गलादेश र भारतबीच हस्ताक्षर भएको प्रत्यर्पण सन्धि अन्तर्गत दोषी अपराधी हसिनालाई बङ्गलादेश फिर्ता गर्न बङ्गलादेशले भारत सरकारलाई बारम्बार अनुरोध गरे पनि अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
सन्धिको विपरीत, हसिनालाई मिडियासँग खुलेर कुराकानी गर्ने अवसर दिनु बङ्गलादेश र भारतबिचको सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको विकासका लागि हानिकारक भएको विज्ञप्तिमा भनिएको छ । यसअघि अपदस्थ बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बरमा आफ्नो मातृभूमि फर्कने निर्णयको घोषणा गर्दै आफू गिरफ्तारी, जेल वा आफ्नो जीवनलाई धम्की लगायत कुनै पनि परिणामको सामना गर्न तयार रहेको बताउनुभएको थियो ।
बङ्गलादेशबाट प्रस्थान गरेपछि नयाँदिल्लीबाट पहिलो पत्रकार सम्मेलनलाई भर्चुअल पमा सम्बोधन गर्दै अपदस्थ पूर्वप्रधानमन्त्री हसिनाले आफ्ना समर्थक र देशवासीले कठिनाइको सामना गरिरहँदा विदेशमा बस्न नसक्ने कुरामा जोड दिनुभएको थियो । उहाँले भाग्यले आफूलाई पर्खिरहेको बताउँदै आफ्ना जनताबाट टाढा रहन नसक्ने र प्रिय देशवासी माझ आगामी डिसेम्बरमा फर्किने उद्घोष गर्नुभएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































