काठमाडौँ, कात्तिक २४ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यमपञ्चक अन्तर्गतको पवित्र गाई तिहारका अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले शुभकामना सन्देश जारी गर्नुहुँदै गाईपूजाले मानव तथा प्राणी जगत्बीचको सहअस्तित्व, कृतज्ञता र संरक्षणको गहिरो सांस्कृतिक चेतना अभिवृद्धि गर्ने स्पष्ट पार्नुभएको छ।
अध्यक्ष ओलीले वैदिक परम्परादेखि नै नेपाली लोकजीवनमा गाईलाई मातृत्व, करुणा, पोषण र समृद्धिको प्रतीकका रूपमा श्रद्धा गर्ने सुसंस्कृति रहिआएको कुरा स्मरण गराउनुभएको छ। उहाँका अनुसार गाईपूजा केवल धार्मिक आस्थामा मात्र सीमित नरही यो जीव र प्रकृतिसँगको आत्मीय सम्बन्ध, ऋतुहरूसँगै विकसित हुँदै आएको जीवनपद्धति तथा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सभ्यताको एक जीवन्त स्मृति पनि हो।
मानव तथा प्राणी जगत्बीचको सहअस्तित्वलाई आत्मसात् गर्ने एक महत्त्वपूर्ण सांस्कृतिक अनुष्ठानका रूपमा गाईपूजालाई लिइनुपर्ने उहाँको भनाइ छ। प्रकृति र जीवजन्तुप्रतिको आदरभावले नेपाली समाजको मौलिक पहिचान झल्काउने र यसले आपसी सद्भाव तथा सहिष्णुतालाई थप प्रगाढ बनाउने उहाँले विश्वास व्यक्त गर्नुभएको छ।
चाडपर्वहरूको यस सुअवसरले नेपालीहरूबीचको एकता, बन्धुत्व र सामाजित सम्बन्धलाई अझ बलियो बनाउन प्रेरणा प्रदान गर्ने विश्वास लिँदै अध्यक्ष ओलीले सम्पूर्ण देशविदेशमा रहनुभएका नेपालीहरूलाई तिहार पर्वको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्नुभएको छ।
| विवरण | तथ्य / जानकारी |
| वक्ता / व्यक्तित्व | केपी शर्मा ओली (अध्यक्ष, नेकपा एमाले / पूर्वप्रधानमन्त्री) |
| अवसर | गाई तिहार तथा यमपञ्चक |
| मुख्य सन्देश | मानव र प्राणीबीच सहअस्तित्व, कृतज्ञता र प्रकृतिमित्री सम्बन्ध |
| गाईको स्वरूप | मातृत्व, करुणा, पोषण र समृद्धिको प्रतीक |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





प्रतिक्रिया दिनुहोस्