

धनगढी, साउन १५ गते । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भजनी नगरपालिका–५ का ५२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।
साउन ९ गते मध्यान्ह घटेको उक्त घटनाबारे पीडितकी आमाले साउन १४ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। उजुरीका आधारमा बिहीबार साँझ आरोपितलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह-प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिनुभयो।
मान्छे नबस्ने खाली घरमा जबरजस्ती करणी भएको उजुरी परेको र महिलाको गोपनीयताका कारण आरोपितको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































