08/08/2026, 21:47:35
शनिबार, साउन २३, २०८३

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


काठमाडौँ, साउन १३ गते । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजोको तुलनामा सुन प्रतितोला एक हजार रुपियाँले घट्दा चाँदी १० रुपियाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपियाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला ४ हजार ३२० रुपियाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ८४ हजार २०० र चाँदी ४ हजार ३१० रुपियाँमा कारोबार भएको थियो ।

यस्तै, अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार २९ अमेरिकी डलर तथा चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।