07/29/2026, 08:39:21
बुधबार, साउन १३, २०८३

काठमाडौँ महानगर–१४ मा ठुलो परिमाणमा लागुऔषधसहित तीन जना पक्राउ


काठमाडौँ, साउन १३ गते। काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी तथा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–५ घर भई हाल ललितपुर महानगरपालिका–६ मा बस्ने २४ वर्षीय दीपक राई रहनुभएको छ।

भारतबाट अवैध रूपमा नेपाल भित्र्याएको लागुऔषध बिक्री–वितरण गरिरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल, इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले उहाँहरूलाई पक्राउ गरेको हो।

blog

प्रहरीले उहाँहरूको साथबाट ‘डामाडोल’ नामक लागुऔषधका एक लाख २० हजार क्याप्सुल, बा.प्र.०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, डिएसी ३९१८ नम्बरको टाटा कम्पनीको हात्ती गाडी (ट्रक), तीन थान मोबाइल फोन तथा नगद नेपाली रुपियाँ बरामद गरेको जनाएको छ।

पक्राउ परेका तीनै जनालाई बरामद लागुऔषध, नगद, सवारीसाधन र मोबाइलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।