07/29/2026, 12:20:03
बुधबार, साउन १३, २०८३

तीन दिनसम्म शोक मनाउने कांग्रेसको निर्णय


काठमाडौँ, साउन १३ गते । वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा नेपाली कांग्रेसले साउन १३, १४ र १५ गते (तीन दिन) शोक मनाउने निर्णय गरेको छ। ७९ वर्षीय श्रेष्ठको साउन १२ गते ललितपुरको हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

वरिष्ठ नेता श्रेष्ठ तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति, १२ बुँदे सहमतिका हस्ताक्षरकर्ता, र बहुदलीय व्यवस्था/लोकतन्त्र पुनःस्थापनाका आन्दोलनका प्रमुख व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले राजनीतिक क्रममा करिब ६ वर्ष जेल जीवन बिताउनुभएको थियो।

स्याङ्जाबाट पटक-पटक सांसद (२०४८, २०५६, २०६४, २०७०) निर्वाचित श्रेष्ठले उपप्रधानमन्त्रीका साथै भौतिक योजना, वन, वाणिज्य र शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो।

शोक कार्यक्रमहरू:

  • तीन दिनसम्म (साउन १३–१५) केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाइने।
  • साउन १४ गते (बिहीबार) केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरू बन्द रहने।
  • १३ दिनसम्म शोक पुस्तिका राख्ने।
  • १३औँ दिनमा स्याङ्जाको कालीगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी शोकसभा आयोजना गरिने।