काठमाडौँ – आसन्न चलचित्र ‘भिँगे दाउ २’ को पहिलो गीत सार्वजनिक भएको छ। गीतको नाम ‘महिमा आमाको’ राखिएको छ, जसले आमाको महिमा र मायालाई बयान गरेको छ। प्रमोद खरेल र मनिषा सुनारको स्वर रहेको गीतमा डा. कृष्णहरि बरालले शब्द लेखेका छन् भने अर्जुन पोखरेलले संगीत दिएका छन्।
गीतको भिडियोमा हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा, अर्यान सिग्देल, हिउँवाला गौतम, वसुन्धरा भुसाल र चैत्यदेवीलाई देख्न सकिन्छ। गीतको कोरियोग्राफी रामजी लाम्सालको रहेको छ।


कपनगढी सिनेमा प्रालि र फिल्म क्रु नेपाल प्रालिको प्रस्तुति रहेको यो चलचित्रका निर्माता सुलभ प्रतिक देउजा र समिक्षा देउजा हुन् भने निर्देशक ज्ञानेन्द्र देउजा हुन्। बिष्णु घिमिरे ‘कल्पित’ले छायांकन, मित्र डी गुरुङले सम्पादन, अर्जुन पोखरेलले संगीत, रामजी लाम्सालले कोरियोग्राफी र रोशन श्रेष्ठले एक्सन निर्देशन गरेका छन्।


चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, अर्यान सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि बैरागी, आशा भुसाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष र विष्णु सापकोटा लगायत कलाकारको मुख्य भूमिका रहेको छ।


चलचित्रको पटकथा र संवाद परिच्छेद सेनले लेखेका हुन्। गोविन्द फुयाल र शिशिर चालिसेले लेखन र विवेक बस्नेत तथा ईश्वर सिंसिकेमानले सह-छायांकन गरेका छन्। ईश्वर घिमिरेले यसको प्रोडक्सन म्यानेजमेन्ट सम्हालेका छन्।


यसअघि ३ वर्षअघि प्रदर्शनमा आएको ‘भिँगे दाउ’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । सोही चलचित्रको सिक्वेलको रुपमा आउन लागेको ‘भिँगे दाउ २’ ले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। चलचित्रको पोस्टरमा उल्लेख गरिएअनुसार यो चलचित्र असोज २ गते (सेप्टेम्बर १८) प्रदर्शनमा आउने तयारीमा छ। एप्पल इन्टरटेनमेन्टले यस चलचित्रको नेपाल वितरण गर्ने जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































