काठमाडौँ, साउन १३ गते । सुनसरीको देवानगञ्ज घटना लगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बैठक सुरु भएको हो।


सर्वदलीय बैठकमा सहभागी हुनुभएका नेताहरू तथा व्यक्तित्वहरूको सूची
- रवि लामिछाने (सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी – बैठक आह्वानकर्ता)
- गगनकुमार थापा (सभापति, नेपाली कांग्रेस)
- पुष्पकमल दाहाल ‘प्रचण्ड’ (संयोजक, नेकपा)
- शङ्कर पोखरेल (महासचिव, नेकपा एमाले)
- सीके राउत (अध्यक्ष, जनमत पार्टी)
- राजेन्द्र लिङ्देन (अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी)
- डा. स्वर्णिम वाग्ले (अर्थमन्त्री)
- भीष्मराज आङ्देम्बे (संसदीय दलका नेता, नेपाली कांग्रेस)
- गणेश पराजुली (उपनेता, रास्वपा)
- विपिनकुमार आचार्य (महामन्त्री, रास्वपा)
- खुश्बु ओली (प्रमुख सचेतक, राप्रपा)
- आरेन राई (प्रमुख सचेतक, श्रम संस्कृति पार्टी)


बैठकमा देवानगञ्ज घटनाको समीक्षा, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























