काठमाडौँ, साउन १२ गते । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको औपचारिक उद्घाटन भएसँगै नेपाल आधिकारिक रूपमा आधुनिक सडक सुरुङ युगमा प्रवेश गरेको छ। धादिङको सिस्नेखोला र काठमाडौँको बलम्बु जोड्ने यो सुरुङमार्ग सञ्चालनसँगै नागढुङ्गा क्षेत्रको पट्यारलाग्दो ट्राफिक जाम, तीव्र घुम्ती र पहिरोको जोखिम अन्त्य भएको छ।
२०७६ कात्तिक ४ गतेदेखि निर्माण सुरु भएको यो राष्ट्रिय गौरवको आयोजना करिब ८० महिनापछि सञ्चालनमा आएको हो। सुरुङमार्ग निर्माणपछि थानकोट-नागढुङ्गाको एक घण्टाभन्दा लामो यात्रा अब केही मिनेटमै पूरा हुनेछ।


सोमबार बिहान आयोजित विशेष समारोहका बीच पूर्वाधार विकासमन्त्री सुनील लम्साल, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, जाइका (JICA) का अध्यक्ष डा. नाताका अकिहितो, जापानी राजदूत माइदा तोरू र निर्माणमा संलग्न श्रमिक पूर्ण जोशीले संयुक्त रूपमा रिबन काटेर आयोजनाको उद्घाटन गर्नुभयो। उद्घाटनका क्रममा अधिकारीहरूले यो नेपालको पूर्वाधार विकासमा एक नयाँ अध्याय भएको र आगामी दिनमा देशका अन्य स्थानमा पनि यस्ता सुरुङमार्गहरू निर्माण गरिने बताएका छन्।


उद्घाटनपछि सञ्चारकर्मीसँग मन्त्री लम्सालले अब मुलुक आधुनिक सडक सुरुङ युगमा प्रवेश गरेको भन्दै यस्ता सुरुङमार्ग मुलुकको विभिन्न भागमा निर्माण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “अब मुलुक टनेल युगमा प्रवेश ग¥यो । अब देशैभरि यस्ता टनेल बन्ने छन् ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























