गण्डकी, साउन १२ गते । व्यावसायिक योजना निर्माण नगरिँदा र निरन्तरता दिन नसक्दा गण्डकी प्रदेशका चार वटा विमानस्थल अलपत्र परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार बागलुङको बलेवा र ढोरपाटन, गोरखाको पालुङटार तथा मनाङको हुम्डे विमानस्थल लामो समयदेखि सञ्चालनमा आउन सकेका छैनन्।
लामो समय बन्द रहेका यी विमानस्थल पुनः सञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रे लगायत पूर्वाधार निर्माणमा राज्यको ३१ करोड रुपियाँभन्दा बढी लगानी भइसकेको छ। प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा १० करोड, बलेवामा १२ करोड, पालुङटारमा सात करोड र ढोरपाटन विमानस्थलमा दुई करोड रुपियाँ खर्च भएको छ।


स्थानीय स्तरमा सडक सञ्जालको विस्तार (जस्तै पृथ्वी राजमार्ग र मनाङसम्म सडक पुग्नु), यात्रुको कमी, विमान कम्पनीहरूको अनिच्छा र उच्च भाडादरका कारण विमान सेवा निरन्तर चल्न सकेका छैनन्। कतिपय विमानस्थल सञ्चालनमा नआउँदै जीर्ण बनेका छन् भने केही गौचरणमा परिणत हुने अवस्थामा पुगेका छन्।


सरकारले बन्द रहेका विमानस्थललाई प्याराग्लाइडिङ, स्काइडाइभिङ वा हवाई तालिम केन्द्रजस्ता वैकल्पिक प्रयोगमा ल्याउने लक्ष्य राखे पनि त्यसले ठोस सार्थकता पाउन सकेको छैन। स्पष्ट नीति र योजनाको अभावमा विमानस्थल सुधारका नाममा भएको करोडौँ लगानी प्रतिफलविहीन बनेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































