

काठमाडौँ, साउन १३ गते । सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले यस्तो संवेदनशील समयमा सबै पक्षलाई संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुन आह्वान गर्नुभयो।
विगतमा भूकम्प, बाढी-पहिरो तथा संविधान निर्माणका क्रममा प्रस्तुत गरिएको साझा सहमति र राजनीतिक परिपक्वताको स्मरण गराउँदै प्रचण्डले बल प्रयोग समस्याको दीर्घकालीन समाधान हुन नसक्ने स्पष्ट पार्नुभयो। उहाँले संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिने बताउनुभयो।
साथै, पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा सरकार अझ जिम्मेवार र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। घटनास्थलमा बाह्य तत्वहरूले वातावरण भड्काउन सक्ने जोखिम रहेको औंल्याउँदै उहाँले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































