काठमाडौँ, साउन ११ गते । नेपालमा मनसुनजन्य विपद्का कारण धनजनको ठूलो क्षति हुने क्रम जारी छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का अनुसार यस वर्षको साउन ७ गतेसम्म मात्रै १,१९४ वटा मनसुनजन्य घटना घटेका छन् ।
यस अवधिमा बाढी, पहिरो तथा भारी वर्षाका कारण ५५ जनाको मृत्यु, ३ जना बेपत्ता र १६३ जना घाइते भएका छन् । साथै १,३५३ भन्दा बढी परिवार प्रभावित भएका छन् भने १३ करोड ३६ लाख रुपैयाँभन्दा बढीको अनुमानित क्षति भइसकेको छ ।
विपद् विज्ञ डा. वसन्तराज अधिकारीका अनुसार नेपालमा एउटा प्रकोपले अर्को प्रकोप निम्त्याउने ‘क्यासकेडिङ हाजार्ड’ (Cascading Hazard) को जोखिम ह्वात्तै बढेको छ । विगत चार वर्षमा मात्रै मनसुनजन्य विपद्बाट १,०८१ जनाले ज्यान गुमाइसकेका छन् ।


४ वर्षमा १,०८१ को मृत्यु
प्राधिकरणको तथ्याङ्क अनुसार विगत चार वर्षमा मनसुनजन्य विपद्का कारण १,०८१ जनाले ज्यान गुमाएका छन्:
- वि.सं. २०८२: १,१२९ वटा घटनामा १७० को मृत्यु र २४ करोडभन्दा बढी क्षति।
- वि.सं. २०८१: २,४३६ वटा घटनामा ५३५ को मृत्यु र ७४ करोडभन्दा बढी क्षति।
- वि.सं. २०८०: १,०७७ वटा घटनामा ११४ को मृत्यु र ३४ करोडभन्दा बढी क्षति।
- वि.सं. २०७९: ८४३ वटा घटनामा २०७ को मृत्यु र १५ करोडभन्दा बढी क्षति।


ग्रामीण भेगमा मात्र नभई काठमाडौँ उपत्यका लगायतका सहरी क्षेत्रमा समेत पुराना पूर्वाधारका कारण डुबानको समस्या तीव्र बनेको छ । विगतका संरचनाहरू अहिलेको अल्पकालीन तर तीव्र वर्षा धान्न सक्षम छैनन् ।


विज्ञहरूका अनुसार बढ्दो जोखिम न्यूनीकरणका लागि केवल योजनामा सीमित नभई जोखिमको वैज्ञानिक नक्साङ्कन, पूर्वसूचना प्रणालीको प्रभावकारी सञ्चालन र तथ्यमा आधारित निर्णय प्रक्रिया (Science-based decisions) अपनाउनु अपरिहार्य देखिन्छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























