07/27/2026, 08:21:38
सोमबार, साउन ११, २०८३

आज सोमबारदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आउँदै


काठमाडौँ, साउन ११ गते । नेपालीको बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग निर्माण कार्य सुरु भएको ८० महिनापछि सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

सञ्चालन र परीक्षणकाल (Trial Period)
प्रारम्भिक सञ्चालन: सुरुमा एम्बुलेन्स, दमकल र सुरक्षा निकाय जस्ता आपत्कालीन सवारीसाधनका लागि मात्र खुला गरिनेछ।
परीक्षणकाल: अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याइनेछ र ३ महिनासम्म परीक्षणकाल (Trial Opening Period) रहनेछ।

आयोजनाको बजेट तथा लम्बाइ
कुल लागत: २५ अर्ब रुपियाँ
निर्माण खर्च: १७ अर्ब रुपियाँ
मूल्यवृद्धि तथा डलरको भाउ बढ्दा: २ अर्ब रुपियाँ
जग्गा मुआब्जा: ६ अर्ब रुपियाँ (४८० रोपनी जग्गा अधिग्रहण)
वैदेशिक सहयोग: १९ अर्ब रुपियाँ जापान सरकारको सहुलियतपूर्ण ऋण र बाँकी/मुआब्जा रकम नेपाल सरकारको।

सुरुङको लम्बाइ:
मुख्य सुरुङ: २.६८ किलोमिटर (२,६८८ मिटर)
आपत्कालीन सुरुङ: २.५५ किलोमिटर

टोल शुल्क: सवारी साधनको प्रकार अनुसार ६० देखि ६०० रुपियाँसम्म (मन्त्रीपरिषद्बाट स्वीकृत)।

निर्माण तथा हस्तान्तरण
जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले निर्माण सम्पन्न गरी आयोजनालाई सुरुङमार्ग हस्तान्तरण गरिसकेको छ। सम्झौता अनुसार ४२ महिनामा सकिनुपर्ने काम विभिन्न कारणले गर्दा ८० महिनामा सम्पन्न भएको हो।