काठमाडौँ, साउन २ गते । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको आगामी साउन ११ गते उद्घाटन गर्ने गरी नागढुङ्गा सुरुङमार्ग आयोजनाले अन्तिम तयारी गरिरहेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहबाट उद्घाटन गराउने विषयमा मन्त्रालयमा छलफल भइरहेको सो सुरुङमार्ग उद्घाटन भएको सुरुवाती तीन महिनासम्म परीक्षणकाल (ट्रायल ओपेनिङ पिरियड) को रूपमा सञ्चालन हुनेछ। परीक्षणकालको सुरुका केही दिन एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइने आयोजनाले जनाएको छ।


अर्कोतर्फ, सुरुङमार्गको धादिङस्थित पश्चिम पोर्टलमा स्थानीय उत्पादन बिक्री केन्द्र र पार्किङसहित अन्तर्राष्ट्रियस्तरको ‘सर्भिस सेन्टर‘ (बजार) निर्माण गर्ने योजना भने रद्द भएको छ। आवश्यक पर्ने करिब ४० रोपनी जग्गामध्ये ३ रोपनी सरकारी जग्गामा सडक विभाग र व्यक्ति/वायु गुठीको दोहोरो स्वामित्व तथा कानुनी विवाद देखिएकाले मुआब्जा वितरण गर्न नसक्दा सो निर्णय गरिएको हो।


सर्भिस सेन्टर नबन्दा यात्रुहरूका लागि विश्राम तथा शौचालयको अभाव हुनुका साथै सवारी जाँच, ट्राफिक व्यवस्थापन, आकस्मिक उद्धारका लागि सुरक्षाकर्मीको बेस क्याम्प सञ्चालन र स्थानीय रोजगारीका अवसरहरूमा समेत नकारात्मक असर पर्ने देखिन्छ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























