07/04/2026, 23:22:26
शनिबार, असार २०, २०८३
सातौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड

सातौँ सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : दीपेन्द्र वर्ष खेलाडी र शेर मल्ललाई ‘स्पेशल अवार्ड’


धनगढी, असार २० गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी र टोलीका सदस्य शेर मल्लले स्पोर्ट्स अवार्ड प्राप्त गर्नुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गरेको ‘सातौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ मा दुवै जनाले अवार्ड जित्नुभएको हो ।

अवार्ड अन्तर्गत वर्ष खेलाडी पुरुषतर्फ अलराउन्डर दीपेन्द्रसिंह ऐरी उत्कृष्ट घोषित हुनुभयो । यसैगरी, नेपाली क्रिकेटमा बलरका रूपमा उत्कृष्ट लयमा रहनुभएका क्रिकेट टोलीकै सदस्य शेर मल्ललाई ‘स्पेशल अवार्ड’ प्रदान गरिएको छ ।

मञ्चद्वारा आयोजित सोही समारोहमा कबड्डीकी मानमती विष्ट वर्ष खेलाडी महिलातर्फ उत्कृष्ट घोषित हुँदै अवार्ड जित्न सफल हुनुभयो ।

अन्य विधागत अवार्ड विजेताहरू:

विधाविजेताखेल
वर्ष प्रशिक्षकविष्णुदत्त भट्टकबड्डी
वर्ष युवा खेलाडीविक्रम नाथएथलेटिक्स
सुदूरपश्चिम आइकन (पुरुष)अशोक भण्डारीभारोत्तोलन
सुदूरपश्चिम आइकन (महिला)पूजा साउँदएथलेटिक्स
लाइफटाइम एचिभमेन्ट अवार्डसुरेश हमालमरणोपरान्त