

फिफा विश्वकप २०२६ को अन्तिम ३२ का सबै खेलहरू सम्पन्न भएसँगै अन्तिम १६ मा पुग्ने टोलीहरूको टुंगो लागेको छ। शुक्रबार सम्पन्न अन्तिम तीन खेलमा अर्जेन्टिना, कोलम्बिया र इजिप्ट विजयी हुँदै क्वाटरफाइनल यात्रातर्फ अघि बढ्ने अवसर सुरक्षित गरेका छन्।
🇦🇷 अर्जेन्टिना ३–२ केप भर्डे
विश्व विजेता अर्जेन्टिनाले केप भर्डेविरुद्ध निकै संघर्षपूर्ण खेलमा अतिरिक्त समयमा ३–२ को जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ।
लियोनेल मेस्सीले २९औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा डेरोय डुआर्टेले ५९औँ मिनेटमा बराबरी गोल फर्काएपछि खेल थप रोमाञ्चक बनेको थियो।
निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा लिसान्द्रो मार्टिनेजले ९२औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। तर अतिरिक्त समयको दोस्रो हाफमा सिड्नी लोपेस काब्रालले १०३औँ मिनेटमा पुनः बराबरी गरे।
खेल २–२ को अवस्थामा पुगेपछि १११औँ मिनेटमा डिनेय बोर्जेसको आत्मघाती गोल (Own Goal) ले अर्जेन्टिनालाई ३–२ को महत्वपूर्ण जित दिलायो।
अब अर्जेन्टिनाले अन्तिम १६ मा बलियो टोलीसँग भेट गर्नेछ।




🇨🇴 कोलम्बिया १–० घाना
GEHA Field at Arrowhead Stadium, Kansas City मा भएको खेलमा कोलम्बियाले घानालाई १–० ले हराउँदै विश्वकपको नकआउट चरणमा सन् २०१४ यता पहिलो जित दर्ता गरेको छ।
खेलको १४औँ मिनेटमा लुइस सुवारेजको उत्कृष्ट क्रसमा झोन एरियास (Jhon Arias) ले निर्णायक गोल गरे।
खेल सुरु भएको केही मिनेटमै स्ट्राइकर झोन कोर्डोबा चोटका कारण बाहिरिएपछि सुवारेज मैदान प्रवेश गरेका थिए र उनले तुरुन्तै प्रभाव देखाए।
कोलम्बियाले अधिकांश समय बल नियन्त्रणमा राख्दै घानालाई कुनै पनि शट अन टार्गेट गर्न दिएन। घानाका गोलरक्षक लरेन्स अटी जिगीले सात उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखे पनि हार टार्न सकेनन्।
लगातार तेस्रो खेलमा क्लिनसिट राखेको कोलम्बियाले अब स्विट्जरल्याण्डसँग क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।


🇦🇺 अष्ट्रेलिया १–१ इजिप्ट (पेनाल्टी : इजिप्ट ४–२)
AT&T Stadium, Texas मा भएको अर्को रोमाञ्चक खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा इजिप्टले ४–२ को जित निकाल्यो।
१३औँ मिनेटमा इमाम अशोरको आत्मघाती गोल बाट अष्ट्रेलियाले अग्रता लिए पनि ५५औँ मिनेटमा मोहम्मद हानीले बराबरी गोल फर्काए।
थप समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो जहाँ इजिप्टले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो।


🔥 अन्तिम १६ का खेल सुरु
अब विश्वकपको रोमाञ्चक यात्रा अन्तिम १६ (Round of 16) मा प्रवेश गरेको छ।
📅 आगामी खेलहरू
जुलाई ४
- 🇨🇦 क्यानडा 🆚 🇲🇦 मोरक्को
- 🕙 राति १०:४५ बजे (नेपाली समय)
जुलाई ५
- 🇵🇾 पाराग्वे 🆚 🇫🇷 फ्रान्स
- 🕑 बिहान २:४५ बजे (नेपाली समय)
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




















