

फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको दोस्रो खेलहरू सम्पन्न भएसँगै नकआउट चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ। सोमबार राति भएका समूह K र समूह L का खेलहरूले अंक तालिकामा महत्वपूर्ण प्रभाव पारेका छन्।
समूह K मा पोर्चुगलले उज्बेकिस्तानमाथि ५–० को शानदार जित निकाल्दै आफ्नो आक्रमण क्षमता प्रदर्शन गर्यो। लगातार उत्कृष्ट प्रदर्शनपछि पोर्चुगलले अन्तिम खेलअघि नै बलियो दाबेदारी प्रस्तुत गरेको छ। अर्को खेलमा कोलम्बियाले कङ्गो डीआरलाई १–० ले हराउँदै शीर्ष स्थानको दौडलाई थप रोचक बनाएको छ।
समूह L मा इङ्ल्याण्ड र घानाबीचको खेल गोलरहित बराबरीमा टुंगियो। दुवै टोलीले अवसर सिर्जना गरे पनि निर्णायक गोल निस्कन सकेन। यता क्रोएसियाले पानामालाई १–० ले हराउँदै अन्तिम चरणअघि आफ्नो सम्भावना कायम राखेको छ।
दोस्रो चरण समाप्तिसँगै केही टोली नकआउट नजिक पुगेका छन् भने केही टोलीका लागि अन्तिम खेल ‘गर या मर’ को अवस्थामा पुगेका छन्।
━━━━━━━━━━━━━━
📅 आगामी खेल तालिका (नेपाली समय अनुसार)
🕛 राति १२:४५ बजे
🇨🇭 स्विजरल्याण्ड 🆚 🇨🇦 क्यानडा
🇧🇦 बोस्निया 🆚 🇶🇦 कतार
🕒 बिहान ३:४५ बजे
🇲🇦 मोरक्को 🆚 🇭🇹 हाइटी
🏴 स्कटल्याण्ड 🆚 🇧🇷 ब्राजिल
🕡 बिहान ६:४५ बजे
🇨🇿 चेकिया 🆚 🇲🇽 मेक्सिको
🇿🇦 दक्षिण अफ्रिका 🆚 🇰🇷 दक्षिण कोरिया
अब समूह चरणको अन्तिम खेलले नकआउट समीकरण तय गर्नेछ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














